दीप युनाईटेड क्लबद्वारा गोर्खाको फुजेल गा .वि .स .मा राहत वितरण

२०७२ वैशाख ३०

दीप युनाईटेड क्लब दीप्,पोखराले गोर्खा जिल्लाको फुजेल गा .वि . . को आमडाडा,थकालथर र भेडाबारीमा पुगी दोस्रो चराणको राहत वितरण गरेको छ |फुजेल गा.वि . .  वडा न .  ३ का शिवप्रसाद ढाकल ,वडा न ५ का नवराज श्रेष्ठ र स्थानीय  भैरब उच्च मा .वि . का शिक्षक  ठाकुर प्रसाद पन्तको रोहबरमा ३ लाख मुल्य बाराबाराको खाद्यान्न,तृपाल र अन्य आवश्यकिय सामानहरुकोप्याकेट वितरण गरिएको थियो |
क्लबका अध्यक्ष मनकाजी गुरुङ्को नेतृत्वमा दीप युनाईटेड यु .के .  का सदस्य बिरेन गुरुङ सहितको १२ सदस्य टोलिले भूकम्प पीडितलाई  प्रत्यक्ष  रुपमा भेटी राहत वितरण गरेको थियो | भार्कानिया बाथ यु .के . ,दीप युनाईटेड यु .के. ,हङ्कङका सरोज गुरुङ ( मिक्की ) ,बाथ स्टन प्राइमरी बिद्यालय यु .के . र शान्ति दीप समाजले राहत् समाग्री खरिद गर्नमा सहयोग गरेको उक्त क्लबका राजेश गुरुङ्ले वताए | 

तस्बिर साभार:  खेम राज आचार्य र मनकाजी  गुरुङको फेसबुक बाट |