पोखरा बैशाख १८,दीप युनाईटेड क्लब दीप पोखराले गत शनिबार आएको गोर्खा जिल्ला केन्द्रित महाभूकम्पबाट पीडित भएका गोर्खा जिल्लाको मुच्चोक गाविसको मानेगाउँमा पुगेर सुक्रबार राहत वितरण गर्यो |
क्लबका अध्यछ मनकाजी गुरुङ्को नेतृतोमा भएको १६ सदस्य टोलिले स्थानीय ईन्द्र राणामगरको रोहवरमा २ लाख बराबरको राहत सामग्री वितरण गरेको हो |
मगरवस्ती मानेगाउँमा रहेका ३६ वटा घर पुरै ध्वस्त भएका छन्| दिउसो मकै गोड्न गएको समयमा भूकम्प आएको कारण मानविय छति भने नभएको तर भौतिक संरचना पुरै ध्वस्त भएको अध्यछ गुरुङ्ले
जानकारी दिए| उनले विकट वस्ती भएको कारण आफुहरुबाहेक अहिलेसम्म कुनै पनि राहत टोली नपुगेको अध्यछ गुरुङ्ले वताए |
सोही गाउँमा रहेको चतुरमाला उमाविको भवन पनि पूर्णरुपमा ध्वस्त भएको छ | गोर्खा १२ बाट ३२ किमी टाढा रहेको सो गाउँमा पुग्न चनौती गाविसबाट कच्चिबाटो र भिरको बाटो हुँदै जानुपर्छ |
तस्बिर साभार: खेम राज आचार्य, मनकाजी गुरुङ र राजेश गुरुङको फेसबुक बाट |