दीप युनाईटेड क्लबद्वारा गोर्खाको मानेगाउँमा राहत वितरण

२०७२ वैशाख १८
पोखरा बैशाख १८,दीप युनाईटेड क्लब दीप पोखराले गत शनिबार आएको गोर्खा जिल्ला केन्द्रित महाभूकम्पबाट पीडित भएका गोर्खा जिल्लाको मुच्चोक गाविसको मानेगाउँमा पुगेर सुक्रबार राहत वितरण गर्‍यो |
क्लबका अध्यछ मनकाजी गुरुङ्को नेतृतोमा भएको १६ सदस्य टोलिले स्थानीय ईन्द्र राणामगरको रोहवरमा २ लाख बराबरको राहत सामग्री वितरण गरेको हो |
 
मगरवस्ती मानेगाउँमा रहेका ३६ वटा घर पुरै ध्वस्त भएका छन्| दिउसो मकै गोड्न गएको समयमा भूकम्प आएको कारण मानविय छति भने नभएको तर भौतिक संरचना पुरै ध्वस्त भएको अध्यछ गुरुङ्ले
जानकारी दिए| उनले विकट वस्ती भएको कारण आफुहरुबाहेक अहिलेसम्म कुनै पनि राहत टोली नपुगेको अध्यछ गुरुङ्ले वताए |
 
सोही गाउँमा रहेको चतुरमाला उमाविको भवन पनि पूर्णरुपमा ध्वस्त भएको छ | गोर्खा १२ बाट ३२ किमी टाढा रहेको सो गाउँमा पुग्न चनौती गाविसबाट कच्चिबाटो र भिरको बाटो हुँदै जानुपर्छ | 

तस्बिर साभार:  खेम राज आचार्य, मनकाजी गुरुङ र राजेश गुरुङको फेसबुक बाट |